संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा


काबुल – संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिवानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन्। उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन्।

आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिवानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आएका हुन् र उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन्- महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् ।

उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा त्यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उपमहासचिव ग्रिफिथले त्यहाँका तालिवान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए ।

देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिवान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिवान नेताहरुलाई आग्रह गरेका थिए।

त्यसअवसरमा तालिवानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए । उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिवानहरु सजग रहेको बताएका थिए ।

प्रतिक्रिया