काठमाडौंका स्कुल असोज एक गतेदेखि खोलिने


काठमाडौं – स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर अब काठमाडौंकोे स्कुल खोल्न सकिने भएको छ।

आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवैखाले स्कुल खोल्न प्रशासनले अनुमति दिएको छ। सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो।

स्थानीय तहको शिक्षा शाखाले कोभिड संक्रमणको अवस्था हेरेर स्कुल खोल्न दिने सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न दिने निर्णय यसअघि नै प्रशासनले गरिसकेको थियो।

प्रतिक्रिया