

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिए युवाहरु

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै आज (शुक्रबार) काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी युवाहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

