बुटवल-पाल्पा सडक खण्ड दुई रात बन्द हुने


रुपन्देही – सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ ।

अविरल वर्षाका कारण तानसेन नगरपालिका-८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले राती सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक बन् गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सडक बन्दको समयमा एम्बुलेन्स भने चल्न पाउने जनाइएको छ । दुई रातमा पहिरो हटाउन नसकिए समय थप गरेर काम गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सो सडक बुधबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया