५० अंकले घटेकाे नेप्से २९ सय २६.८९ विन्दुमा, साढे ९ अर्बको कारोबार


काठमाडौं – साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज शेयर बजारमा उच्च अंकको पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज ५० दशमलव ३ अंकले घटेर २९ सय २६ दशमलव ८९ विन्दुमा थामिएको छ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ९० अंकले घटेर ५ सय ४१ दशमलव ७७ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार २३० कम्पनीको १ लाख ५ हजार ७ सय ७५ पटकको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ बराबरको १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

प्रतिक्रिया