गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ


काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । प्रहरीले शंखरापुर नगरपालिका–३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो ।

२ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया