प्रयोगमा नआउँदै भत्काउन आदेश दिइएकाे ४० तल्ले जुम्ल्याहा भवन…


नयाँ दिल्ली – भारतमा एउटा (जुम्ल्याहा) भव्य भवन भत्काउनुपर्ने वाध्यता आइपरेको छ । त्यो पनि तीन महिनाभित्र । नयाँ दिल्ली नजिकैको नोयडास्थित ४० तल्ले जुम्ल्याहा भवन प्रयोगमा नआउँदै भत्काउने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेको छ ।

भवनसम्बन्धी नियम उल्लंघन गरेकाले उक्त भवन भत्काउने आदेश अदालतले दिएको छ । भत्काउँदा लाग्ने खर्च कम्पनी आफैले व्यहोर्नुपर्ने अदालतको आदेश छ । त्यसको अनुगमन भने सरकारी निकायले गर्नुपर्ने भनिएको छ ।

सुपरटेक लिमिटेड नामको कम्पनीले जुम्ल्याहा भवन हाउजिङ सोसाइटीको हरियाली क्षेत्र मिचेर बनाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । सुपरटेकले कानुन नमिचेको दाबी गरेपनि अदालतले भत्काउने आदेश दिएको हो ।उक्त भवन योजना पास गर्दा भन्दा फरक तरिकाले बनाइएको दाबी छ । दृश्यावलोकन, स्वच्छ हावा र प्रकाश समेत छेकिने गरी बनाइएको उल्लेख छ ।

जुम्ल्याहा भवनमा ९१५ अर्पाटमेन्ट, २१ पसल छन् । जसमध्ये ६३३ बुक भइसकेका थिए । यसको लागत अरबौं रुपैयाँ रहेको जनाइएको छ ।
एजेन्सी

प्रतिक्रिया