वर्षामा अत्यधिक फैलने स्क्रब टाइफसका कारण ४ को मृत्यु, सतर्क रहन आग्रह


काभ्रेपलानचाेक – काभ्रेमा स्क्रब टाइफसका कारण पछिल्लो दुई सातामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ बालबालिका र एक ज्येष्ठ नागरिक छन् । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् ।

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।

के हाे स्क्रब टाइफस ?
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण :
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय :
खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

प्रतिक्रिया