

मर्डनाको खोप प्रयोग गर्न रोक, खोप केन्द्रबाट गरियो फिर्ता

टोकियो – जापानले कोरोना भाइरसविरुद्धको मडर्नाको खोप प्रयोगमा रोक लगाएको छ । यस खोपकाे केही डोजमा संक्रमण भेटिएपछि जापानको ओकिनावा प्रान्तमा मर्डाना खोपको प्रयोगमा रोक लगाइएको हो ।
गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाड डोज फिर्ता गरिएको थियो । खोप अभियानका लागि खोप केन्द्रसम्म लगिएको थियो । तर पछि फिर्ता गरियो ।
जापानमा मडर्नाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु भएको थियो । उनीहरुको उमेर ३० वर्ष रहेको बीबीसीले उल्लेख गरेको छ । सो मृत्युबारे छानबिन भइरहेको छ । हालसम्म सो मृत्यु ठोस कारण पुष्टि हुन सकेको छैन । बीबीसी

