संसदीय दल गठनका लागि एकीकृत समाजवादीको बैठक


काठमाडौं – नेकपा एमालेबाट विद्रोह गरी नयाँ दल दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठनका लागि बैठक बसेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार सांसदहरूसहित बैठक बसेको हो।

बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए।

बैठकमा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्ने जस्ता एजेन्डा प्रस्तुत गरिने जनाइएको छ । त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपाल बताउँछन्।

दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उनले बताए।

राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ।

प्रतिक्रिया