माधव नेपाललाई भिम रावलको जवाफ– धकेलिँदा धकेलिने, फर्काउँदा किन नफर्किएको ?


काठमाडौं -आफूलाई पार्टी विभाजनको डिलसम्म पुर्‍याएर १० जना एमालेका दोस्रो तहका नेता फर्किएको भन्ने नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिको एमाले उपाध्यक्ष भीम रावलले प्रतिवाद गरेका छन्।

उनले अध्यक्ष नेपाललाई लक्षित गरी धकेल्दा धकेलिनेले नेता फर्काउँदा फर्किनुपर्ने बताएका छन् ।

एमाले अन्तरसंघर्षका क्रममा अन्तिममा नेपालको साथ छाडेका रावलले सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै नेपाललाई ‘धकेलिँदा धकेलिनेले फर्काउँदा फर्किनुपर्ने’ भन्दै व्यंग्य गरेका हुन् ।

उनले लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो ।’

उनले द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुने तर सहमति भइसकेपछि एक भइ मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न नेपालले नसकेको बताएका छन्। ‘द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुने तर सहमति भइसकेपछि एक भइ मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न,’रावलको टिप्पणी छ।

जिम्मेवारीबोध महत्त्वपूर्ण कुरा रहेको बताउँदै नेपाललाई ‘गैरजिम्मेवार’ करार समेत उनले गर्न खोजेका छन्। नेपालले शनिबार १० जना दोस्रो पुस्ताका नेताहरुले आफूलाई विभाजनको तहसम्म पुर्‍याएर अन्तिममा साथ छाडेको बताएका थिए।

 

प्रतिक्रिया