नयाँ कार्यसमितिका लागि महासंघको मतदान तीन ठाउँमा जारी


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न अहिले मतदान भइरहेको छ ।

बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल आमने सामने छन्। ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधानले बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पनि मतदानको व्यवस्था मिलाइएको छ ।

कोरोना संक्रमति मतदाताले कमलादबाट मतदान गर्नेछन्। शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया