ओलीको काउन्टर प्रस्तावसहित बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्ने तरखर


काठमाडौं– २८ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावको काउन्टर प्रस्तावसहित प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने तरखर गरिएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष प्रधानमन्त्री ओलीले सुरुमा नै आफ्नो ४० पृष्ठ लामो प्रस्ताव राख्नेछन्। उक्त प्रस्ताव प्रकाशनका निम्ति समेत दिइसकिएको छ। सबै तल्ला कमिटीमा पठाउने व्यापक तयारी भएको स्रोतले जनाएको छ।

प्रचण्डले राखेको १९ पृष्ठ लामो प्रस्तावमा ओलीमाथि लगाइएका आरोपको खण्डन गर्दै प्रचण्डमाथि अनेक आरोप लगाइएको स्रोतले बताएको छ।

प्रतिक्रिया