प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सरकारलाई यथाशीघ्र पूर्णता दिइने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

भेटघाटका क्रममा सरकार गठन भएको डेढमहिना भन्दा बढी भइसकेको अवस्थामा मन्त्रीमण्डललाई पूर्णता नभएको विषयमा छलफल भएको जनाइएको छ ।

नेकपा एमालेको पार्टी विवादका कारण सरकार विस्तार हुन नसकेको विषयलाई मध्यनजर गर्दै दाहालले अब यथाशीघ्र सरकार विस्तार गर्नका लागि प्रधानमन्त्री देउवासँग छलफल गरेको प्रचण्ड सचिवालयले पुष्टी गरेको छ ।

भेटघाटपछि सरकारलाई यथाशीघ्र पूर्णता दिने निर्णय भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया