संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा नबस्ने

अध्यादेश खारेज भए अख्तियारसहितका आयोगका नियुक्ति बदर!


 

काठमाडौं– संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि परेको रिटको सुनुवाई गरिरहेको इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहिरिएका छन्।

रिट निवेदनकर्ताले त्यससम्बन्धी उत्तर लिखित रुपमा दर्ज गराएका कारण राणा इजलासमा बस्न नहुने दाबी गरेपछि शुक्रबारको संवैधानिक इजलासमा नोकझोंक परेको थियो।

लामो बहसपछि राणा उक्त इजलासबाट बाहिरिने भएका छन्। राणाको बहिर्गमनसँगै अब बरिष्ठ न्यायाधीश दिपककुमार कार्कीले पेशी तोक्नेछन्।

आगामी साता बस्ने संवैधानिक इजलासमा पेशी तोकि अध्यादेशबारेको आदेश वा फैसला आउन सक्ने बताइएको छ। उक्त दिन नै राणा अनुपस्थित हुनेछन्।

इजलासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका नियुक्ति बदर गराउनका लागि अध्यादेश खारेज गराउने खेल सुरु भइसकेको स्रोतले जनाएको छ।

प्रतिक्रिया