रियल म्याड्रिडद्धारा एमबाप्पेलाई पहिले भन्दा १० मिलियन बढी युरो प्रस्ताव, सर्ने लगभग पक्का


काठमाडाैं – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेका लागि रियल म्याड्रिडले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेको छ । यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको रियलले पछिल्लो पटक १ सय ७० मिलियन युरो प्रस्ताव गरेको हो ।

यो सँगै उनी रियल जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको पनि बताइएको छ । साथै एमबाप्पेको रियलबाट खेल्ने बच्चै देखिको सपना पूरा हुने सम्भावना बलियो देखिएको छ ।

सम्भवत शुक्रबार नै उनको सरुवाको घोषणा हुने सम्भावना छ । विश्वकप विजेता एमबाप्पे अन्तर्राष्ट्रिय विश्राम अघि नै रियलमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । पिएसजीका अध्यक्ष नासिर अल खालिफाले च्याम्पियन्स लिगको समूह विभाजनपछि एमबाप्पेका कारण परिस्थिति असहज भएको बताएका थिए ।

यद्दपी उनले एमबाप्पेले पिएसजी छाड्ने चर्चा अस्वीकार गरेका थिए । रियलले भने सरुवा बजारको नियम अनुसार नै सबै काम भइरहेको विश्वास गरेको छ । एजेन्सी

प्रतिक्रिया