एमालेको कारवाही रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीको आरोप


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै सभामुख अग्नि सापकाटाले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाएका छन् ।

पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाएका हुन् ।

पार्टी अध्यक्ष ओलीले पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताए । उनले भने, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो ।’

उनले अगाडि थपे, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो रु’ ओलीले आफ्नो पार्टीमा विभाजन रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको दावी समेत गरे ।

‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो,’ ओलीले भने, ‘१४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

 

प्रतिक्रिया