माधव नेपालको पार्टी दर्ता भएपछि अध्यादेश निस्क्रिय भनेर लेख्न छुटाएछन्ः ओली

कांग्रेस र माओवादी नै पार्टी फुट्ने डरले थकर्मान रहेको दाबी


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत मनसाय र अलोकतान्त्रिक नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको टिप्पणी गरेका छन्।

एमाले एकताको निर्णयपछि बुधबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेशमाथि लामो समय टिप्पणी गरेका थिए। सो क्रममा उनले सत्ता गठबन्धनले माधव नेपालको पार्टी दर्ता भएपछि अध्यादेश स्वतः निस्त्रिय भनेर लेख्न छुटाएको व्यङ्ग्य गरे। उनले भने,‘त्यति लेख्न छुटाएछन् यो अध्यादेशका कारण कांग्रेस र माओवादी नै फुट्ने डरले त्रसित छन्।’

ओलीले सभामुख अग्नी सापकोटामाथि कटाक्ष गरेका छन्। उनले सत्ता गठबन्धनको षडयन्त्रमा सापकोटा सामेल भएको भन्दै एमालेले कारबाही गरेका १४ जना सांसदको सूची टाँस्न सुझाव दिए। उनले भने,‘त्यो कारबाही एमाले नफुटाउन थियो। तर, सभामुख अपवित्र सत्ता गठबन्धनको षडयन्त्रमा सामेल भए।’

प्रतिक्रिया