लुम्बिनीका मुख्यमन्त्री केसीले लिए विश्वासको मत, प्रतिपक्षी एमालेद्वारा बहिष्कार


बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएका छन् ।

प्रदेशसभाको सोमबार बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो ।

नेकपा एमालेले बहिष्कार गरेको सभामा उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन् ।

प्रदेश सभामा ८० सांसदमध्ये केसीले प्राप्त गरेको ४२ मत बहुमत भएकोले सभामुख पूर्णबहादुर घर्तीले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया