मौसम पुर्वानुमान : देशका विभिन्न स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना


काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

मनसुनी वायुको सामान्य प्रभावका कारण आइतबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ। दिउँसो देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको स्मभावना रहेको छ। राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए।

प्रतिक्रिया