देशभर कहाँ कस्तो रहन्छ आज मौसम ?
काठमाडौँ – पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा मौसम बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मौसम सामान्यतया सफा छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ ।
बिहीबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही -भागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।