बझाङमा पहिरोले सानीगाड खोला थुनियो, दुई घर पुरिए 


धनगढी – अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् ।

बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

घर पुरिदा मानवीय क्षति हुन पाएन, तर गोठमा रहेका पशुचौपाया भने मरेका छन् ।

पहिरोले सानीगाड खोला समेत थुनिएको छ । खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ भने इलाका प्रहरी कार्यालय बुङ्गल र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ ।

प्रतिक्रिया