बर्दियामा बुद्धको मूर्तिसहित पाँचजना पक्राउ


काठमाडौं – बर्दियामा बुद्धको मूर्तिसहित पाँचजना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनीहरूलाई गुलरिया नगरपालिका– ७ गुलरिया बजारस्थित विजया गेस्ट हाउसको कोठा नं. ३२८ बाट मूर्तिसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गुलरिया- ७ का ४० वर्षीय नीराजन उप्रेती, मधुवन नगरपालिका- १ र ९ का क्रमशः ३४ वर्षीय उज्ज्वल रोकाय र ३४ वर्षकै अमृत राई रहेका छन्। त्यसैगरी, ठाकुरबाबा नगरपालिका- ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका- २ का २९ वर्षीय मगबहादुर नेपाली रहेका छन्।

उनीहरूको साथबाट सात किलो सात सय दुई ग्राम तौलको ९.५ इन्चको बुद्धको मूर्ति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिएका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया