


काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ बाट सुरु गरिने

काठमाडौं – काठमाडौंमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ९ गतेदेखि दोस्रो डोज लगाईने भएको छ ।
साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए । काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने उनले बताए ।
खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

