


काभ्रेमा अराजक समूहको दादागिरी, एसपी खत्रीले सुरक्षा संयन्त्र कमजोर बनाए
टेन्डरको फारम मात्रै बुझेका पत्रकारमाथि प्रहरीकै अगाडि मनपरी, पत्रकार महासंघको आपत्ति

काठमाडौं– काभ्रे जिल्लामा अराजक समूहको दादागिरीले चरम उत्कर्स लिँदा प्रहरी भने मुकदर्शक बनेको छ। जिल्ला प्रहरी कार्यालयको कमान्ड गरेका उपरिक्षक (एसपी) भूपेन्द्र खत्रीले सुरक्षा संयन्त्र कमजोर बनाएको आरोप लागेको छ।
विभिन्न समूहमा रहेका अराजक झुन्डसँग एसपी खत्रीको नै सम्बन्ध रहेका कारण उनको कमान्डका प्रहरीले अराजक गतिविधिलाई नियन्त्रणमा लिन सकेका छैनन्।
यसको उदाहरण हो पत्रकार डिलबहादुर थोकरमाथि भएको अराजक व्यवाहारमा प्रहरी मुकदर्शक बन्नु। समाचार संकलनका क्रममा काभ्रेको भुम्लु गाउँपालिकामा पुगेका पत्रकार थोकरले टेन्डरको फारम समाचारका निम्ति लिएका थिए।
तर, एउटा अराजक समूहले ‘हामीलाई नसोधी टेन्डरको फर्म किन लिएको भन्दै’ पत्रकार महासंघ ललितपुर शाखाका केन्द्रीय परिषद सदस्य समेत रहेका थोकरको मोटरसाइकलको चाबी खोसी प्रहरीकै दुव्र्यवहार गरेको थियो।
प्रहरीका जिल्ला प्रमुख खत्रीको कमजोर कमान्डका कारणले नै यसरी अराजक समूह हावी हुँदा ठेक्का टेन्डर सम्बन्धी विषयमा धेरैले दुख व्यहोर्नुपरेको स्थानीय बताउँछन्।
यसैबीच, महासंघ शाखाले एक विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै उक्त अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गर्दै विज्ञप्ति जारी गरेको छ।

