शेयर बजार दोहोरो अंककाे गिरावट, कारोबार रकम २० अर्ब माथि


काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । नेप्सेमा आज १८ दशमलव २४ अंकले घटेर ३१ सय ८० दशमलव ७८ विन्दुमा थामिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ अंकले घटेर ५ सय ९० दशमलव १५ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२९ कम्पनीको १ लाख ८८ हजार १७ पटक शेयर कारोबार २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ७६ रुपैयाँ बराबरको ३ करोड ९१ लाख २ हजार ६ सय ९७ कित्ता शेयर किनबेच भएको हो ।

प्रतिक्रिया