टी-२० विश्वकपका लागी आरोन फिन्चको कप्तानीमा अष्ट्रेलिया टिमको घोषणा


काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

अष्ट्रेलियाको टिममा स्टिभ स्मिथ, एडम जाम्पा, डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् । त्यस्तै फिन्च र कमिन्सका साथै एस्टन अगर, मिचेल स्टार्क, जोस ह्याजलउड, मिचेल स्विपसन, मार्कस स्टोनिस, जोश इंगलिस र मिचेल मार्श रहेका छन्।

टिमको वैकल्पिक खेलाडीमा भने डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । टी–ट्वान्टी विश्वकप अक्टोबर १७ देखी नोमेम्बर १४ सम्म हुनेछ । विश्वकप क्रिकेटको सुरुवात अक्टोबर २३ मा अष्ट्रेलिया र दक्षिण अफ्रीबिच हुनेछ ।

प्रतिक्रिया