
अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं – अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन्। नेकपा एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको हो।
बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति नै शपथ गराएका छन्।



कागजपत्र |
