म पहिला पनि काठमाडौं आएको थिएँ, विदेश सचिवका रुपमा पहिलो होः श्रृगंला


काठमाडौं– भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगंलाले नेपाल–भारत मित्रतालाई अझ प्रगाढ बनाउन काठमाडौंमा उच्च पदस्त व्यक्तित्वसँग कुराकानी हुने बताएका छन्।

त्रिभुवन विमानस्थल काठमाडौंमा उत्रिएपछि नेपाली भाषामा नै संवाददातासँग कुराकानी गरेका श्रृगंलाले आजै उच्च तहका भेट हुने जानकारी दिए। दुई दिने नेपाल भ्रमणका लागि आएका उनले भोली गोरखा जाने जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेअनुसार गोरखामा ५० हजार घर भारतले बनाइरहेको अनुगमनका लागि उनी जान लागेका हुन्। श्रृगंलाका अनुसार ४० हजार घर बनिसकेका छन्।

प्रतिक्रिया