लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद विस्तार


बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।

सात सदस्यीयमा उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्ने बताईएको छ ।

बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

अरु मन्त्रीहरुको मन्त्रालय तोक्न बाँकी छ । मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।

प्रतिक्रिया