बुधबार पोखरामा ३ हजार मोटरसाइकलसहित २० हजार सडकमा उतार्दै राजसंस्था पक्षधर


काठमाडौं– संघीयताविरोधी नारासहित राजसंस्था पक्षधरले बुधबार पोखरामा तीन हजार मोटरसाइकल सहित २० हजार जनालाई व्यवस्थाविरुद्ध उतार्ने भएको छ।

राजसंस्था र हिन्दूधर्म पक्षधरहरुले पश्चिमाञ्चलवासी नेपाली जनताको नाममा वृहत आमसभा गर्ज लागिएको हो। पश्चिामाञ्चलमा रहेका हिन्दूवादी शक्ति, शिव सेना नेपाल तथा ब्राम्हण समाज लगायतको सहभागितामा आम सभा हुन लागेको हो।

कार्यक्रममा बीसौँ हजारको सहभागिता रहने शिव सेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले बताए। गण्डकी प्रदेश भित्रका ११ जिल्लाका सम्पूर्ण राष्ट्रबादी आम नागरिकको सहभागिता आम सभामा गराउने तयारी छ।

शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले पोखराको अमरसिंह चोकबाट सुरु भएको र्याली मानवअधिकार चोकमा आमसभामा गरेर सम्पन्न हुने बताए । ‘यो लडाइँ धर्म रक्षाका साथै राष्ट्रिय अखण्डताको लागि भएको कारण देश तथा धर्म बचाउन सम्पूर्ण नेपाली जनता एक हुनुपर्छ’, बस्नेत भन्छन्।

राजालाई नेपाली जनताले सहर्ष स्वीकार गर्नेमा दुईमत नभएको तर बिदेशी शक्तिको प्रभावमा परेर राजसंस्था हटाइएको हुनाले तत्काल राजसंस्थाको पुर्नस्थापना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बस्नेतको भनाइ रहेको छ ।

प्रतिक्रिया