

अर्थमन्त्री पौडेललाई कांग्रेस कार्यकर्ताको कालो झन्डा र तुल

बुटवल– नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहनगर बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताले कालो झन्डा र तुल देखाएका छन्।
नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा बुधबार कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए ।
२ दिनसम्म पौडेल रुपन्देहीका विविध कार्यक्रममा सहभागी हुनेछन्।

