गृह मन्त्रालयको सचिवमा पाण्डे ल्याउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं – सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेसहित केही सचिवहरुको सरुवा गरेको हो ।

यसअघि पाण्डे भूमि व्यवस्था मन्त्रालयमा थिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ ।

त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।

प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

प्रतिक्रिया