जसपामा अब एकल अध्यक्ष, महन्थ ठाकुरको पद गुम्यो


काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल  (जसपा)मा अब उपेन्द्र यादव एकजना मात्र अध्यक्ष र कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

यससँगै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।

यद्यपी अहिले पनि महन्थ ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै तराई मधेशका जिल्लाहरुमा कार्यक्रम गरिरहेकाछन् । यता निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएपछि महन्थ ठाकुरले पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् भने सो मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया