
मध्यबानेश्वरबाट नगदसहित ६ जना जुवाडे पक्राउ
काठमाडौं – राजधानीको मध्यबानेश्वरबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको विशेष सूचनाका आधारमा मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेका ६ जना ४ लाख ४८ हजार ५ सय नगदसहित पक्राउ परेका छन् ।
वृत्तका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले उक्त घरको ग्राउन्ड फ्लोरमा जुवातास खेलिरहेका ६ जनालाई नगद र ताससहित पक्राउ गरी अनुसन्धानको लागि अगाडि बढाइएको जनाएका छन् ।



कागजपत्र |
