

२४ घण्टामा भारतमा ३५ हजार बढीमा कोरोना संक्रमण

नयाँदिल्ली – पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ४९९ जना व्यक्ति कोरोना संक्रमित भएक छन् । ३९ हजार ८६६ संक्रमित निको भएका छन् । भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय कोरोना संक्रमित रहेका बताइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति कोरोना संक्रमित भएका छन् । तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको निधन भएको छ । पछिल्लो २४ घण्टामा ४४७ संक्रमितको मृत्यु भएको छ ।

