

सर्वोच्चद्वारा जसपाका तीन प्रदेशसभा सदस्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
जसपाबाट निष्कासनमा परेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च दिएको रिटमा सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो
सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
सर्वोच्चको आदेशः

