

सुनचाँदीको मूल्य ह्वातै घट्यो, तोलाको कति ?

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । साताको पहिलो दिन आज (आइतबार) गत हप्ताको शुक्रबारको तुलनामा १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।
गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

