

कोरोनाबाट सशस्त्रका इन्स्पेक्टर बुढाथोकीको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका सशस्त्रका इन्स्पेक्टर नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सामान्य ज्वरो र श्वासपश्वासमा समस्या भएपछि कात्तिक २७ गते अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि स्वास्थ्यमा सुधार नआई गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ स्थायी घर भएका बुढाथोकी ३ नम्बर कंकालिनी गण मोरङ टंकिसिनवरीमा कार्यरत थिए।
वि.स. २०६८ सालमा सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए।

