

पछिल्लो २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि, ३७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

