प्रचण्डको माग सर्वोच्चद्वारा अस्वीकार, भ्याकेट निवेदन खारेज


काठमाडौं– माओवादीबाट स्थानीय तहमा जितेका तर एमाले रोजेका जनप्रतिनिधिलाई गरेको कारबाही रोकेको सर्वोच्च अदालतको अन्तरिम आदेशमा भ्याकेट निवेदन दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माग अस्वीकृत भएको छ।

नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम खारेज गर्न प्रचण्डको भ्याकेट निवेदन परेको थियो।

आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा न्यायाधीश रहेको सर्वोच्च अदालतको इजलासले अन्तरिम आदेश खारेज गर्ने निवेदन स्वीकार नगरेको हो। प्रचण्डले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका २१ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएपछि प्रचण्डले कारबाही गरेका थिए। ति सबैलाई सर्वोच्चले उक्त पदमा फर्काएपछि आदेविरुद्ध प्रचण्ड भ्याकेटमा गएका थिए।

प्रतिक्रिया