

प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय खारेज गर्न १४ पूर्वआइजीपीकाे माग (पत्रसहित)

काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आइजीपी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ साल भदौ २१ मा महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो ।
सोही निर्णय खारेज गर्न माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले १४ जनाको हस्ताक्षरमा ११ जना पूर्वआइजीपीले ज्ञापन पत्र बुझाएका हुन् । पत्र बुझ्दै जवाफमा देउवाले त्यस विषयमा छलफल गर्ने बताएको सहभागी एक पूर्वआईजीपी बताए ।
उक्त ज्ञापन पत्रमा नेपाल प्रहरीका पूर्वआइजीपी दुर्लभ कुमार थापा, प्रदीप शमशेर ज।ब।रा, धुर्व बहादुर प्रधान, अच्छुत कृष्ण खरेल, मोतीलाल बोहोरा, ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेम बहादुर गुरुङ, कुँवेर सिंह राणा, श्याम भक्त थापा, रविन्द्र प्रताव शाह, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल र ठाकुर ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
ज्ञापन पत्रसहित:

