गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते


गुल्मी –  बुधबार साँझ गुल्मीमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका-४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती-४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती-५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती-५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया