पछिल्लो २४ घण्टामा ४१०७ जनामा संक्रमण पुष्टी, ३५ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४१०७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पीसीआर र ४ हजार ९४४ एन्टीजेन विधिबाट गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ आएको जनाएको छ ।

काठमाडौंमा उपत्यकामा १ हजार २७९ जना कोरोना पुष्टी भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ९ सय ५७ जना को मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया