

माओवादी नेतालाई सांसद वलीको म्यासेज- म माओवादीमै छु, मेरो नाममा निकालेको विज्ञप्ति झुटो हो

काठमाडौं – लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले आफु माओवादीमै रहेको बताएका छन् । बुधबार बिहान उनले माओवादी केन्द्र संसदीय दलका नेता कुलबहादुर केसीलाई म्यासेज गर्दै आफु माओवादी केन्द्रमै रहेको जनाएकी हुन् ।
वलीले पठाएको म्यासेजमा भनिएको छ, ‘म माओवादी केन्द्रमा नै छु, अहिले बोल्न मिल्ने अवस्थामा छैन । छिट्टै संसदीय दलको सम्पर्कमा आउनेछु । मेरो नाममा निकालेको विज्ञप्ति झुटो हो ।’
उक्त म्यासेजमा वलीले बुधबार नै माओवादी नेतासँग भेट्ने र छिट्टै पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेकी छिन् ।
लुम्बिनी प्रदेशमा मन्त्री रहेका ३ सांसदलाई जनता समाजवादी पार्टीको उप्रेन्द्र यादव पक्षले पदमुक्त गरेपछि सत्तासिन दल एमाले अल्पमतमा परे सँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार तेस्रो पटक अविस्वासको प्रस्ताव दर्ता भइको छ ।
सांसद विमला अचानक माओवादी केन्द्रका नेताहरुसँग सम्पर्कविहीन भएपछि यसले लुम्बिनीको राजनीतिलाई तरंगित बनाइदिएको छ। तत्कालीन नेकपाबाट दाङ ३९ख० बाट उपनिर्वाचनमा विजयी भएकी वलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।

