चीनबाट थप आठ लाख डोज खोप नेपाल आइपुग्यो


काठमाडौं – चीनबाट नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप ८ लाख भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन् ।

प्रतिक्रिया