

पूर्वसांसद सिंहको निधन

काठमाडौं — पूर्वसांसद अकबर बहादुर सिंहको निधन भएको छ । दार्चुलाबाट निर्वाचित पूर्वसांसद सिंहको ९० वर्षको उमेरमा शुक्रबार निवासमै निधन भएको जनाइएको छ ।
वि.सं. २०४७ मा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ को आमनिर्वाचनमा निर्वाचित सांसद सिंहको शुक्रबार बिहान काठमाडौंको गौशालास्थित निवासमा निधन भएको हो ।
उनी बहुदलपछिको पहिलो चुनावमा राप्रपा का तर्फबाट जित्ने देशभरिमा एकमात्र सांसद हुन् । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३, घर भइ हाल काठमाडौँमा बस्दै आएका सिंहको निधनप्रति विभिन्न दलका नेता, कार्यक्रता र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।
उनले दार्चुला र बैतडीमा तत्कालीन समयमा सामाजिक सचेतना र विकासका क्षेत्रमा उल्लेख्य योगदान गरेका थिए ।

