

प्रतिबद्धता अनुसार भुक्तानी नदिएको भन्दै उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँमा

काठमाडौँ – उखु किसानहरू आन्दोलनका लागि पुनः काठमाडौँ आएका छन् । सरकार र उद्योगीले प्रतिबद्धता जनाएअनुसार पुरै रकम नदिएको भन्दै पाँचौँ पटक आन्दोलनका लागि काठमाडौँ आएको उखु किसान सङ्घर्ष समिति सर्लाहीले जानकारी दिएको छ ।
समितिले उखु किसानले ६ वटा उखु मिलबाट ४१ लाख रकम भुक्तानी पाउन अझै बाँकी रहेको जनाएको छ ।
अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दिरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको समितिले जनाएको छ ।
उखु किसानहरूले भदौ ५ गतेसम्म किसानहरूको सम्पूर्ण भुक्तानी नभए पुनः उखु किसानहरू आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले हुनुपर्ने चेतावनीसमेत दिएका छन् ।

