
अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता सेयर नामसारी भएको समाचार बाहिरिए पछि अर्थले स्पष्टीकरण सोधेको हो।
अध्यक्ष ढुङ्गानाको छोरीको नाममा ‘बुक बिल्डिङ’ विधिबाट ‘आईपीओ’ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टमा लगानी रहेको समाचार आएको थियो ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले तीन दिनभित्र त्यससम्बन्धी सत्य तथ्य, यथार्थताबारे उपलब्ध गराउन निर्देशन दिएको हो।




कागजपत्र |
