देउवा सरकारको नेतृत्वमा योजना आयोगको उपाध्यक्षमा शंकर शर्मा सिफारिस


काठमाडौं – नेपाली कांग्रेस सरकारको नेतृत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् शंकर शर्मा सिफारिस भएका छन्।

आर्थिक नीतिमा समेत अर्थ मन्त्रालयलाई हस्तक्षेप गर्नसक्ने र अनुभवी व्यक्तिको रुपमा शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका हुन्।

शर्मा यसअघि अमेरिकाको लागि राजदूत र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेका छन्।

आयोगको सदस्यहरुमा कांग्रेसले विश्व पौडेललाई सिफारिस गरेको छ भने माओवादीले यसअघि पनि सदस्य रहेका दिलबहादुर गुरुङलाई सिफारिस गरेको हो।

यस अघि केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले पुष्पराज कँडेललाई योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको थियो। सरकार परिवर्तन भएपछि उनले राजीनामा दिएका थिए।

 

प्रतिक्रिया